ईश्वरसँग अन्तिम प्रश्न

अशेष मल्ल

कुनै दिन तपाईं मेरो सामु प्रकट हुनुभयो भनेईश्वर !तपाईंसाग एउटै प्रश्न सोध्नेछु तपाईं एउटै हुनुहुन्छ कि अनेकन जीवन, न मृत्यु न सम्पत्ति, न यशमलाई केही चाहिएको छैन के मागूामाग्नुको सीमाभन्दा माथि उठेरतपाईंसाग एउटै प्रश्न गर्नेछुकेवल एउटै प्रश्न बस् त्यत्तिमानिसैपिच्छे फरक–फरकजातैपिच्छे फरक–फरकईश्वर कतिवटा छन् एउटा कि अनेक ?

कुनै दिन
तपाईं मेरो सामु
प्रकट हुनुभयो भने
ईश्वर !
तपाईंसाग एउटै प्रश्न सोध्नेछु
तपाईं एउटै हुनुहुन्छ कि अनेक
न जीवन, न मृत्यु
न सम्पत्ति, न यश
मलाई केही चाहिएको छैन

के मागूा
माग्नुको सीमाभन्दा माथि उठेर
तपाईंसाग एउटै प्रश्न गर्नेछु
केवल एउटै प्रश्न
बस् त्यत्ति
मानिसैपिच्छे फरक–फरक
जातैपिच्छे फरक–फरक
ईश्वर कतिवटा छन्
एउटा कि अनेक ?

धर्मैपिच्छे फरक–फरक
मुलुकैपिच्छे फरक–फरक
कालो मान्छेको फरक ईश्वर
गोराको फरक
के यो सम्भव छ ?
छैन भने
कसले कोर्‍यो रेखा यो धर्मको
कुनै राज्यजस्तो सिमाना
कसले तोक्यो धर्मको
ईश्वर !

तपाईंसाग एकान्तमा सोध्ने
एउटै प्रश्न
अन्तिम प्रश्न
तपाईंकै नाममा
विभाजित मानिसहरुको युद्धले
रक्ताम्य नदीहरु
जब भत्काउाछन्
अनेक बााधहरु
अनि बस्ती–बस्ती बगेर
बगर बन्छन्
या आगो लप्का उठेर
मन्दिर, मस्जिद, गिर्जाघरहरु
आर्तनादको विगुल फुक्छन्
त्यतिखेर कहाानेर उभिएर हेर्नुहुन्छ
एउटै ईश्वरले कि
मन्दिर, मस्जिद, गुम्बज आदि–आदिका
अलग–अलग ईश्वरले ?

उत्सुक छु जान्न
फरक–फरक ईश्वर छन् कि एउटै
मस्जिदको बेग्लै मन्दिरको बेग्लै चर्चको बेग्लै
मलाई अहिले यतिखेर रिङ्गटा लागिरहेछ
धर्मयुद्धले बगेका आासु नदीका
उर्लंदै गरेका बग्रेल्ती छाल देखेर
मुलुकैपिच्छे फरक शासकहरु
दम्भले मतालु हात्तीझैं
विनाश संकेत घोषणा गरेझैं
नेपथ्यमा के हुादै छ
म सशंकित मु.द्रामा त्रासले उभिएको छु
थाहा छैन यो धर्मयुद्धले
मेरो कुन मृत्यु
आगाल्न आइपुग्ने हो !

मलाई बचाउन कुन ईश्वर
मेरोसामु प्रकट हुने हुन्
कथम् कदाचित
तपाईं प्रकट भैहाल्नुभयो भने
मेरो एउटै प्रश्न हुनेछ
तपाईं एउटै हुनुन्छ कि अनेक ?

तपाईंकै नाममा
उर्लेका अनेक–अनेक जत्थाहरु
रणभूमि सिर्जना गरेको
यो अत्यासलाग्दो समयमा
तपाईंचाहिा कहाा कुन पक्षमा हुनुहुन्छ ?
वा तपाईं हुनुको भ्रममा
म व्यर्थै समय गुजार्दै छु
के म बुझ्न सक्छु
ईश्वर !

म भ्रमित त छैन
के तपाईं
साँच्चिकै हुनुहुन्छ कि
हुनुहुन्छ भन्ने भ्रममा
लेखिएका हुन् तपाईंकै अनेक–अनेक आत्मकथाहरु
अनेक–अनेक धर्मग्रन्थहरु
हैन भने
एक पटक प्रकट त हुनुस्
म एउटै प्रश्न गर्नेछु
तपाईं एउटै हुनुहुन्छ कि अनेक !

अशेष मल्ल

प्रकाशित : जेष्ठ ३२, २०७६ १२:११
प्रतिक्रिया
पठाउनुहोस्

३४ दिने बस यात्राको सम्झना

विकास रौनियार

काठमाडौंमा भर्खर एसएलसी सकेर कानुन पढ्न थालेको थिएँ । प्रवीणता प्रमाणपत्र तहको दोस्रो वर्षको विद्यार्थी थिएँ । सेन्ट जेभियर स्कुलको भूतपूर्व विद्यार्थी संगठन गोदावरी अलुम्नाई असोसिएसन (जीएए) का कार्यक्रमहरूमा सक्रिय थिएँ ।

त्यही बेला योङ मेन क्रिस्टियन असोसिअसनले इन्टरनेसनल क्याम्प काउन्सेलर प्रोग्रामका लागि तीन महिना न्युयोर्क राज्यको स्प्रिङ भ्यालीमा भ्याकेसन क्याम्प फर द ब्लाइन्ड (भीसीबी) मा जाने अवसर दियो । रोनाल्ड रेगन अमेरिकाको राष्ट्रपतिको दोस्रो कार्यकालमा थिए । प्रख्यात गायिका म्याडोना र माइकल ज्याक्सन संसारभर हिट थिए । माइकल जे फोकसको ‘ब्याक टु द फ्युचर’ ले बक्स अफिस रेकर्ड तोडेको समय थियो । र, ‘वी आर द वर्ल्ड’ गीतले अफ्रिकाका कुपोषणपीडितहरूका लागि कलाकारहरू एकजुट भएर निकै नै सहयोग जुटाएको बेला थियो ।


सन् १९८६ को जुनदेखि अगस्टसम्म भीसीबीको शिविरमा विदेशी कोउन्सलरको रूपमा कार्य गर्ने मौका मिलेको थियो । सकिएपछि परिश्रमिक पनि ४ सय डलर पाएको थिएँ । शिविरको अवधि सकिएपछि म र मेरो डेनमार्कको साथी ओवाले पूरा अमेरिका ग्रेहाउन्ड बसमा अमेरिकाको पश्चिमी सहरहरूदेखि पूर्वी सहरहरू करिब ८ हजार किलोमिटरभन्दा बढी सडक यात्रा गर्ने योजना बनायौं ।

योजनाअनुसारै हामी पहिले न्युयोर्कबाट लस एन्जलसका लागि एकदमै सस्तो शुल्क ९० डलर तिरेर ‘पिपल्स एक्सप्रेस’ को विमान चढेर पुग्यौं । करिब दुई हप्ता लस एन्जलसमा घुमेपश्चात् हामीले पहिले नै २ सय २० डलर तिरेर किनेको एकमहिने ग्रेहाउन्ड बस पासले एक महिने अमेरिकाको ‘गो इस्ट’ यात्रा सुरु गर्‍यौं । हामी होटलमा नसुतेर पैसा बचाउनका लागि रात्रि बसमात्र चढेर बिहान पूर्वतिरका सहरमा मात्रै लाग्थ्यौं ।


पहिलो रातभरि बस चढेर बिहानीपख झिसमिसेमै क्यासिनोका लागि प्रख्यात सहर लास भेगास पुग्यौं र बिहानै क्यासिनो केही घण्टा क्यासिनोमा जुवा खेलेर बितायौं । त्यसपछि अरिजोनाको ग्रान्ड क्यानोन पार्क गयौं । त्यहाँको अनुपम प्रकृतिमा ट्रेक गरेर रमायौं । रोचक के थियो भने म नेपालको पहाडमा उकालो चढ्नुपर्ने घुमेको मान्छे तर त्यहाँ त ट्रेकको सुरुआतमै ओरालो लाग्नुपर्ने । त्यसपछि हामी मेक्सिकोको सिमाना नजिकको एल पासो, अमरिलो (जुन सहरले संसारकै सबभन्दा बोरिङ सहरको रूपमा आफूलाई चिनाउनमा गर्व गर्थ्यो) हुँदै डल्लास पुग्यौं ।

त्यहाँ हामी एक परिचित नेपाली वकिल साब गिरीशराज पन्तको परिवारसँग दुई दिन बितायौं । त्यहाँ मात्र हामीले खाटमा सुत्न पाएका थियौं नभए अरू रात सबै बसमै । त्यसपछि हामी एल्बिस प्रेस्न्लीको सहर मेम्फिस हुँदै क्यानाडाको सिमाना नजिक लेक मिसिगन नजिकको क्लिब ल्यान्ड पनि गयौं । फिलाडेल्फिया हुँदै न्युयोर्क फर्किंदा करिब ३४ दिनको भुल्नै नसकिने धेरै अनुभवहरूको धनी भइसकेका थियौं ।


त्यसपछि ओव आफ्नो देश डेनमार्क फर्कियो । मचाहिँ बेलायतमा एक महिना बिताएर नेपाल फर्की कानुनको पढाइ जारी राखें तर सायद अमेरिकामा फोटो खिच्दै गरेको भ्रमणले फोटोग्राफीको रुचिमा यति वृद्धि गराइदियो कि कानुन पढेर वकालत गर्न छोडेर फोटो पत्रकारितामा पूर्ण समय दिएर संसारको सबैभन्दा उत्तम पेसा फोटो पत्रकारितामा लाग्न पुगें ।

प्रकाशित : जेष्ठ ३२, २०७६ १२:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्