साहित्य/विविध
असार ३२, २०७५

घर खोज्दै झमक

केही दिनअघि मात्रै गृह जिल्ला धनकुटामा ३८ औं जन्मदिन मनाएकी साहित्यकार झमक घिमिरे यति बेला राजधानीमा छिन् । हिमवत् खण्ड साहित्य कलाका सम्मेलनमा भाग लिन उनी केही दिनअघि मात्रै काठमाडौं आइपुगेकी हुन् ।

असार ३१, २०७५

धुर्मुस–सुन्तलीलाई भानु पुरस्कार

भानु साहित्यिक प्रतिष्ठान, मेचीनगरले धुर्मुस–सुन्तली फाउन्डेसनलाई भानु पुरस्कार प्रदान गरेको छ । १ लाख १ हजार राशिको पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेले हस्तान्तरण गरे ।

आमोदी र अधिकारी पुरस्कृत

२०५ औं भानुजयन्तीको अवसर पारेर चितवन साहित्य परिषद् (चिसाप) ले साहित्यकारहरूलाई पुरस्कृत गरेको छ । ५० हजार रुपैयाँसहितको चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार केशवराज भट्टराई ‘आमोदी’ ले प्राप्त गरेका छन् ।

सात स्रष्टालाई प्रतिभा

प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने साता स्रष्टालाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले २०७४ को प्रतिभा पुरस्कार महाकाव्यकार प्रा. मोहनप्रसाद भण्डारीलाई अर्पण गरेको छ ।

गौरीशंकरबारे तस्बिर–कृति

दोलखाको गौरीशंकर क्षेत्रको विविधता समेटी सञ्चारकर्मी जीवन लामाले तस्बिर पुस्तक तयार गरेका छन् । गौरीशंकर क्षेत्रका हिमआरोहीहरूको विवरणसमेत समेटिएको कृतिको शनिबार राजधानीमा संस्कृति पर्यटन एवं नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सार्वजनिक गरे ।

२१ भाषा ४ कार्यपत्र

१३ मुलुकका स्रष्टा एवं समालोचकहरूले शनिबार हिमवत् क्षेत्रका भाषासाहित्यदेखि संस्कृतिसम्म गम्भीर बहस गरे । कविता सुनाए । राजधानीमा जारी ‘हिमवत् खण्ड कलासाहित्य सम्मिलन, २०७५’ को दोस्रो दिन रूसी सांस्कृतिक केन्द्रमा चारवटा कार्यपत्र र मुलुकभित्रका २१ भाषाका कविताहरू प्रस्तुत गरिए ।

असार ३०, २०७५

एक दिन माइकल कान्तिपुर पुगिगया...

एक दिन नारद सत्यलोक पुगिगया लोकको गरूँ हित भनी... धेरै वर्ष पहिले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यले ‘रामायण’ लाई नेपाली परिवेशमा रूपान्तरित गरेर यसरी उतारे ।

प्रा. पोखरेललाई यात्री वाङ्मय

पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्रले यसपालिको यात्री वाङ्मय पुरस्कार वरिष्ठ साहित्यकार बालकृष्ण पोखरेललाई प्रदान गर्ने भएको छ ।

असार २९, २०७५

खण्डहर आदिकविको जन्मघर

आदिकवि भानुभक्त आचार्यलाई बर्सेनि असार २९ मा विशेष रूपले सम्झना गर्ने गरिन्छ । तनहुँको चुँदीरम्घास्थित उनको जन्मघर भने खण्डहर बन्दै गएको छ । आदिकविको जन्मस्थल संरक्षणका लागि यहाँ भानु शिखर कटेरी गुरुयोजना बनाएको पनि ६ वर्ष भइसक्यो । भानुभक्तका बारेमा अध्ययन गर्न चुँदीरम्घा पुग्नेले जंगलमा हराउन लागेको उनको घरको भग्नावशेष हेर्नुपर्छ ।

‘अठोट’ साथ श्रीश

कुनै पनि व्यक्ति जीवनमा कति सफल वा असफल हुन्छ भन्ने तथ्य ऊ बाल्यावस्था र किशोरावस्थामा कसरी हुर्किएको छ, त्यसमा निर्भर गर्छ भन्ने मानिन्छ । अचेलका बालबालिका कस्ता छन् त ?