कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्रष्टा सम्मानको रजत वर्ष 

काठमाडौँ — लूनकरणदास-गङ्गादेवी चोधरी साहित्यकला मन्दिरले स्रष्टा सम्मानको रजत वर्ष मनाउने निर्णयसहित यस वर्षको सम्मानहरु घोषणा गरेको छ । 

आख्यानकार पद्मावती सिंहलाई गङ्गादेवी चौधरी स्मृति सम्मान, साहित्यिक इतिहास अनुसन्धाता मोदनाथ प्रश्रितलाई इतिहासशिरोमणि बाबुराम आचार्य शोधसम्मान, साहित्यिक पत्रकार अच्युतरमण अधिकारीलाई सरस्वती सम्मान, संगीतका साधक गणेश रसिकलाई नारायणगोपाल संगीत सम्मान, चित्रकार किरण मानन्धरलाई अरनिको ललितकला सम्मान दिने विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै रंगकर्मी एवं अभिनेत्री भुवन थापा चन्दलाई बालकृष्ण सम रंग सम्मान, कवि दिनेश अधिकारीलाई गोपालप्रसाद रिमाल काव्यसम्मान र फरक क्षमता भएकी सृष्टि केसीलाई नेपाल नवप्रतिभा सम्मान दिने निर्णय गरेको छ । सम्मानहरुमध्ये गंगादेवी चौधरी स्मृति सम्मानका लागि १ लाख १ रुपैयाँ र अन्य सम्मानका लागि जनही ५१ हजार रुपैयाँ रहेको छ । गोपालप्रसाद रिमाल काव्य सम्मान यस वर्षदेखि थपिएको हो । सम्मानहरु यही वैशाख २७ गते वितरण गरिने छ ।



प्रकाशित : वैशाख ६, २०७६ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?