कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

यात्रामा कवि रेखा सुवेदी

काठमाडौँ — जनसाहित्य मञ्चद्वारा हरेक महिनाको दोस्रो शुक्रवार आयोजना गरिँदै आएको अविरल जनसाहित्य यात्रा को ५६ औं श्रृङ्खलामा मोरङकी कवि रेखा सुवेदी प्रस्तुत भइन् ।

यात्रामा कवि रेखा सुवेदी

राम विनयको अध्यक्षता तथा डा. विन्दु शर्माको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा कवि सुवेदी आफैंले 'नयाँ अनुहार', 'म जन्मिएकी थिएँ भने', 'प्रश्नै प्रश्न धनपाल महाराजलाई', 'बेरुजु नयाँ वर्ष', 'रेड लाइट' र 'आगो पिएर' गरी ६ ओटा कविताहरू वाचन गरिन् ।


कविता-वाचनमा कविहरू अनिल पौडेलले 'सादा कागज र कोहिनूर', जयन्ता पोख्रेलले 'म एकादेशको राजा थिएँ', रमेश शुभेच्छुले 'निलो पहाड र तिम्रो निलै सर्ट', यादव भट्टराईले 'सपनाहरूको बिरुद्ध रेड कार्ड', रामकुमार पण्डितले 'गोलार्द्धतर्फ' र वन्दना राईले 'ऊ पागल छे' कवि सुवेदीका बाँकी ६ ओटा कविताहरू वाचन गरी सहयोग गरेका थिए ।


प्रा. डा. बद्रीविशाल पोख्रेल, डा. भागवत आचार्य, डा. देवी नेपाल, डा. हेमनाथ पौडेल, जगत्प्रसाद उपाध्याय, पुरुषोत्तम सुवेदी, खगेन्द्र राई, सरल सहयात्री, मातृका पोख्रेल, चेतनाथ धमला, राजेश थापा, प्रेम अधिकारी, खेम नेपाली, रामप्रसाद ज्ञवाली, दीपेन्द्र वनेपाली, नर्मदेश्वरी सत्याल, यशोदा अधिकारी, कमल गुरुङ, ज्योति जङ्गल, डम्बर पहाडी, शशी चालिसे, उत्तम पोख्रेल, लक्ष्मी अच्युत ढुङ्गाना, राधा दुलाल क्षेत्री, मिसन अधिकारी, हिरा थापामगर, अनिता लामालगायत करिब ७० जनाको उपस्थिति रहेको थियो ।


प्रमुख अतिथि डा. केशव सुवेदीले कवि सुवेदीका वाचित कविताहरूमाथि टिप्पणी गरेका थिए ।

प्रकाशित : वैशाख १४, २०७६ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?