कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्यालबारे सिर्जना संवाद

काठमाडौँ — काठमाडौं उपत्यका सार्वजनिक पुस्ताकालय भृकुटीमण्डपले हरेक महिनाको पहिलो बिहीबार आयोजना गर्दै आएको सिर्जना संवादमा यस पटक हास्यव्यंग्यका हस्ती निबन्धकार भैरव अर्यालको ‘शाश्वत व्यंग्यशिल्पी’ कृतिबारे समीक्षात्मक कार्यक्रम गरिएको छ । 

२०३८ मा ‘रचना’ पत्रिकाले भैरव अर्यालबारेमा निकालेका दुई विशेषांकमा भैरव कृति खण्ड र भैरव स्मृति प्रकाशित गरिएको थियो । यिनै दुई कृतिमा अर्यालबारे प्रकाशित थप रचनालाई समेटेर भैरव पुरस्कार गुठीले ‘शाश्वत व्यंग्यशिल्पी’ ल्याएको ‘रचना’ का सम्पादक रोचक घिमिरेले जनाए । उक्त पुस्तकमा समकालीन साहित्यकारले अर्यालका बारे लेखेका लेख, रचना, देशविदेशमा पाइएको उनको फोटो, चिठीमार्फत उनको जीवनी र आनीबानी समेटिएको छ ।


समकालीन सर्जक घिमिरेले अर्यालको चोटिलो र समसामायिक हास्यव्यंग्य साहित्यसँगै उनको जीवनका केही रमाइलो क्षणलाई कार्यक्रममा सुनाए । अर्यालको साहित्यिक जीवनी जति हास्यव्यंग्यले भरिपूर्ण भए पनि उनको जीवन निकै कारुणिक र दयनीय रह्यो । कवि प्रोल्लास सिन्धुलीयले ३५ दिन गुप्तवास बसेर अर्यालको कृतिहरूको अध्ययन गरी उनको ‘मृत्यु चिन्तन’ गर्दा आफैंलाई असह्य पीडा भएको बताए ।


समालोचक गोविन्दराज भट्टराईले गोरखापत्र, हालखबर पत्रिकाका साहित्यकार अर्याललाई जर्मन घुम्न जाने प्रस्तावमा सहकर्मीहरूले अंग्रेजी नजान्ने मान्छे जर्मन घुम्न जाने भनी वचन लगाएपछि उनले पछिल्लो चरणमा अंग्रेजी भाषामा लेखेको रचलाई आफ्नो कृतिमा समेटेको बताए ।


३ सय ५० पृष्ठको अर्यालको जीवनी सँगालो रहेको ‘शाश्वत व्यंग्यशिल्पी’ मा उनको वास्तविक जीवनका खुसीका क्षण, दुःखद पक्ष, आर्थिक अभावले घरमा हुने किचलोदेखि लिएर जागिरमा खेप्नुपरेको अपमानको पीडालाई प्रस्तुत गरिएको छ ।

प्रकाशित : असार ६, २०७६ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?