कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपाध्यायलाई यात्री वाङ्मय

काठमाडौँ — पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्रले साहित्यकार/समालोचक प्रा. केशवप्रसाद उपाध्यायलाई यात्री वाङ्मय पुरस्कार प्रदान गरेको छ । 

उपाध्यायलाई यात्री वाङ्मय

यात्रीको ८६ औं जन्मजयन्ती पारी नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार आयोजित समारोहमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रा. उपाध्यायलाई पुरस्कार अर्पण गरे । ५१ हजार रुपैयाँसहितको उक्त पुरस्कार यसअघि राष्ट्रकवि माधवप्रसाद घिमिरे, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र भाषाशास्त्री बालकृष्ण पोखरेललाई प्रदान गरिसकिएको छ ।


यसैगरी, शोधार्थी प्रमिला गुरागाईंलाई १० हजार राशि रहेको यात्री विद्या पदक प्रदान गरियो । उक्त पदक यात्रीका कृतिमाथि शोध गर्नेलाई दिइँदै आएको छ । पूर्वप्रधानमन्त्री नेपालले मुलुकलाई समग्रमा चिनाउन यात्रीले लोक विश्वविद्यालयको सपना देखेको स्मरण गर्दै आफू त्यसको स्थापनाका लागि प्रयत्नशील रहने प्रतिबद्धता जनाए ।


प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले यात्री मुलुकलाई चिन्ने थोरै विद्वान्हरूमध्ये एक रहेको बताए । प्रा. महादेव अवस्थीले यात्री आफ्नो समयका नेपालविज्ञ रहेको उल्लेख गर्दै थपे, ‘हाम्रो मुलुकको प्रकृति, मानवजीवन, विभिन्न पक्षको जानकारी लिनुपरे यात्रीजीलाई पढ्नैपर्छ ।’


प्रा. उपाध्यायले समकालीन स्रष्टाको नामको पुरस्कार पाउनु आफ्ना लागि विशेष खुसीको विषय रहेको बताए । केन्द्र अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालले स्थापित र नवोदित कलमजीवीको सम्मानको परम्परालाई अघि बढाइरहने सुनाए । समारोहमा यात्रीको नियात्रा कृति ‘भेरीका गाउँघर’ पनि लोकार्पण गरियो ।

प्रकाशित : श्रावण ५, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?