कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

सार्वजनिक सवारीमा वीर्यपातको घटनाबारे प्रहरीको चासो

काठमाडौँ — सार्वजनिक बसमा युवतीको कपालमा वीर्यपात भएको घटनामाथि प्रहरी प्रधान कार्यालयले चासो देखाएको छ । सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको एक भिडियोमा पछिल्लो सिटमा बसेका एक युवाले अघिल्लो सिटमा बसेकी युवतीको कपालमा वीर्यपात गरिरहेको देखिन्छ ।

भिडियोमा युवक र युवती दुवैको अनुहार देखिँदैन भने युवतीले थाहा नपाएर केही प्रतिक्रिया नजनाएको देखिन्छ ।


प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीको हस्ताक्षरमा जारी विज्ञप्तिमा सवारी साधनभित्र गरिएको अश्लिल हर्कतबारे गम्भीर ध्यानाकर्षण भएको र उक्त घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको जनाइएको छ ।


उक्त घटनाबारे गम्भीर अनुसन्धान होस् भन्दै महिलाहरुको एक समूहले महानगरीय प्रहरी अपराध महाशाखामा समेत लिखित उजुरी दिएका छन् । महिलाको इज्जत प्रतिष्ठामा आँच पुर्‍याउने उक्त घृणित काममा संग्लनको पहिचान गरी कारबाही गर्न उजुरीकर्ता महिलाहरुले अनुरोध गरेका छन् ।

प्रकाशित : माघ ११, २०७५ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?