नेता अधिकारीको स्वास्थ्यमा सुधार

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाका नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा केही सुधार आएको छ । झन्डै एक महिनादेखि मेडिसिटी अस्पतालमा उपचार गराएर गत साता हयाम्स अस्पतालमा ट्रान्सफर भएका अधिकारीलाई मंगलबार आईसीयूबाट बाहिर निकालिएको छ ।

अधिकारी निकट युवा संघका नेता महेश विष्टका अनुसार उनी बोल्न र पत्रपत्रिका पढ्न सक्ने भएका छन् । ८२ वर्षीय अधिकारीको श्वासप्रश्वासमा समस्या भएपछि एक महिनादेखि अस्पतालमै उपचार भइरहेको छ ।

प्रकाशित : माघ २९, २०७५ २१:५०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भ्यालेन्टाइन्स डेलाई ‘रोमान्टिक छु...’ 

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘पिरिम नलाउने...’ गीतले चर्चा पाएपछि गायक आशिष सचिन मख्ख छन् । छोटो समयमै युट्युबमा यो गीतको भ्युअर्स झन्डै तीन करोडको हाराहारी पुगेको छ । भ्यालेन्टाइन डेको अवसर पारेर उनले भने मंगलबार नयाँ गीत ‘रोमान्टिक छु...’ सार्वजनिक गरेका छन् ।

यसपटक आशिषलाई अञ्जु पन्तले गायनमा साथ दिएकी छन् । ‘केही महिना नबित्दै ‘पिरिम नलाउने...’बाट राम्रो रेस्पोन्स पाएपछि नयाँ सिर्जनातिर लाग्ने प्रेरणा मिलेको हो,’ आशिषले भने, ‘अहिले पनि यो गीतमा दिनहुँ अढाई लाख भ्युअर्स थपिरहेका छन् ।’

नयाँ गीत ‘रोमान्टिक छु...’ भने नृत्यपरक र युगल छ । युवाहरूको प्रेममा केन्द्रित भएकोले नयाँ गीतबाट झन् बढी रेस्पोन्स आउनेप्रति उनले आशा प्रकट गरे । यो गीतमा अर्जुन पोखरेलले संगीत भरेका हुन् भने गीत रचना नृपेश उप्रेतीले गरेका छन् । सुव्रतराज आचार्यद्वारा निर्देशित गीतको म्युजिक भिडियोमा प्रियंका कार्की, बिजु पार्की तथा गायक आशिष सचिन स्वयंले नृत्य गरेका छन् । बिजु पार्की भारतीय मोडल हुन् । गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियो उत्सव दाहालले खिचेका हुन् भने भरत रेग्मीले सम्पादन गरेका हुन् । भिडियोलाई आरोही गौतमले प्रस्तुत गरेकी हुन् ।

प्रकाशित : माघ २९, २०७५ २१:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT