कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई दिनदेखि महिला वेपत्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — तारकेश्वर नगरपालिका–१०, गोगंबु मनमैंजु ऐश्वर्यनगर बस्दै आएकी एक महिला दुई दिनदेखि सम्पर्कविहीन भएकी छन् । मंगलबार दिउँसो करिब १२ बजे मनमैंजुबाट ‘बजार जान्छु’ भनी निस्केकी ५२ वर्षीया सावित्री खतिवडा वेपत्ता भएकी हुन् ।

दुई दिनदेखि महिला वेपत्ता

आफ्नी आमाको अवस्था दुई दिनसम्म पनि अत्तोपत्तो नभएपछि खोजीका लागि प्रहरी वृत्त बालाजुमा निवेदन दिएको छोरा युगसागर खतिवडाले जानकारी दिए । हराइरहेकी महिला गृहिणी हुन् । खतिवडा परिवारको स्थायी घर झापा मेचीनगर नगरपालिका हो ।


प्रहरी वृत्त बालाजुले खोजतलास भइरहेको बताएको छ ।

प्रकाशित : फाल्गुन १, २०७५ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?