कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चट्याङले वनभोज गएका ६ विद्यार्थीसहित ८ घाइते 

कान्तिपुर संवाददाता

भक्तपुर — सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडामा चट्याङले ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरू शनिबार वनभोजका लागि घ्याम्पेडाँडा आएको र वर्षासँगैको चट्याङ परेर उनीहरू घाइते भएका हुन् ।

चट्याङले वनभोज गएका ६ विद्यार्थीसहित ८ घाइते 

घाइते हुनेहरूमा मोरङ कोसी दरैचा नगरपालिका–४ का २५ वर्षीय रवि पाण्डे, कैलाली गौरी नगरपालिका–१ का २५ वर्षीय जीवन भण्डारी, स्याङ्जा कालीगण्डकी गाउँपालिका–४ का २४ वर्षीय कमल पाण्डे, नवलपरासी सुस्ता गाउँपालिका–५ का २५ वर्षीय सत्तेनन्द गुप्ता, ओखलढुङ्गा रुम्जाटार घरभई त्रिभुवन विश्वविद्यालयका सुरक्षागार्ड ५७ वर्षीय ललित गुरुङ र सर्लाही घरभई विश्वविद्यालयको क्यान्टिनमा काम गर्ने २९ वर्षीया सीता खड्का छन् । यस्तै जाजरकोट नलगाड नगरपालिका ७ घर भइ कीर्तिपुर बस्ने २३ वर्षीय महेश गिरी र लमजुङ बेंसीसहर नगरपालिका ७ का सामाखुसी बस्ने २३ वर्षीय नारायण बस्नेत छन् ।


घाइते सबैको डा.इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले बताए ।

प्रकाशित : फाल्गुन ४, २०७५ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?