कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रहरीलाई घूस दिने दुई पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रहरीलाई घूस दिन खोज्दा दुई टिपरचालक प्रहरी नियन्त्रणमा परेका छन् । पक्राउ पर्नेमा मकवानपुर घर भएका २३ वर्षीय ओमबहादुर कार्की र २४ वर्षीय लख्खे पन्त छन् ।

कार्की र पन्तले चलाएको बा४ख ६८४५ र बा३ख ६५६८ नम्बरको टिपर जाँच गर्ने क्रममा आवश्यक कागजपत्र नभेटिएपछि प्रहरीलाई मिलाइदिन भन्दै उनीहरूले घूस दिन खोजेका थिए । शुक्रबार राति बल्खुस्थित सडकमा खटिएका प्रहरीलाई उनीहरूले ५ सय रुपैयाँ दिन खोज्दा पक्राउ गरिएको हो ।


प्रकाशित : फाल्गुन ६, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?