कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मखनमा आगलागी, नियन्त्रणको प्रयास जारी

जनकराज सापकोटा

काठमाडौँ — मखनको चार तल्ले एक घरमा आगलागी भएको छ । केही बेरअघि सल्केको आगोसँगै जोडिएका अन्य घरहरुमा फैलिने डर भने टरिसकेको जनसेवा प्रहरीका डिएसपी बासुदेव खतिवडाले बताए । उनले आगलागी नियन्त्रणमा रहेको र अन्य घरहरुमा सल्किने सम्भावना नरहेको बताए ।

अहिले नेपाल प्रहरी, नेपाली सेना र सात दमकलले आगो निभाइरहेका छन् । उक्त घरको भुई तल्लामा फेन्सी पसल लगायतका पसलहरु रहेको स्थानीयले बताएका छन् । आगलागीबाट मानवीय क्षती भए/नभएको र कति आर्थिक क्षति भयो भन्नेबारे यकिन विवरण आइसकेको छैन ।

प्रकाशित : फाल्गुन २३, २०७५ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?