कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

उपत्यकामा नयाँ सवारी रुट पहिचान

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उपत्यकामा वैज्ञानिक रुट पहिचान गरी सवारी चलाउने तयारी गरेको छ । बढ्दो सवारी चापलाई ध्यानमा राखी ६९ वटा रुट पहिचान गरिएका छन् । 

यातायात व्यवस्था विभागका निर्देशक प्रेम सिंहको संयोजकत्व समितिले रुट पहिचान गरी सवारी चलाउने सिफारिस गरेको हो । समितिमा काठमाडौं महानगरपालिका, सडक विभाग, ट्राफिक प्रहरी महाशाखाका प्रतिनिधि सदस्य छन् ।

‘रुट पहिचान गरी मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेका छौं,’ विभाग प्रवक्ता गोकर्ण उपाध्यायले भने, ‘केन्द्र र प्रदेश सरकारबीच समन्वय गरेर चाँडै लागू गर्छौं ।’ जथाभावी रुट अनुमति दिँदा सवारी व्यवस्थापन अस्तव्यस्त भएकाले अब वैज्ञानिक किसिमले चलाइने उनले बताए । ‘सम्भावित यात्रु, सवारी चाप, सडक अवस्थालगायत अध्ययन गरी रुट परमिट दिन्छौं,’ उनले भने, ‘अब जथाभावी रुट परमिट अन्त्य गर्छौं ।’

उपाध्यायका अनुसार यसअघि सडकको क्षमताभन्दा यातायात व्यवसायीको मागअनुसार रुट परमिट दिने गरिएकोमा अब सूक्ष्म ढंगले विश्लेषण गरिनेछ । हालका करिब २ सय छोटा–लामा रुटलाई ६९ वटामा सीमित गरिएको छ । ‘केही दिनभित्रै समितिले अध्ययन प्रतिवेदन बुझाउँछ, त्यसपछि लागू गर्छौं,’ उनले भने, ‘अब अव्यवस्थित रुटलाई व्यवस्थित गरिनेछ ।’

समितिले अध्ययन गरेको यात्रु चाप, सवारी संख्या, सहरी भौगोलिकता, सडकको दूरी, ट्राफिक चापलगायत आधारमा रुट परमिट दिने तयारी छ ।

प्रकाशित : चैत्र २, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?