कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेरुजु फर्छ्योटमा नेपाल प्रहरी सम्मानित

काठमाडौँ — बेरुजु फछ्यौट मूल्यांकन तथा अनुगमन समितिले नेपाल प्रहरीलाई सम्मानीत गरेको । समितिको निर्णयका आधारमा गृहमन्त्री रामबहादुर थापाले बुधबार गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका अलावा गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृतहरु फणीन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुवरलाई प्रशंसापत्र र नगद पुरस्कार दिएर सम्मानित गरेका हुन् ।

बेरुजु फर्छ्योटमा नेपाल प्रहरी सम्मानित

गृहमन्त्रालय र मातहतका निकायहरुको आर्थिक वर्ष २०७३/७४ सम्मको आव २०७४/७५ मा फर्छ्योट गरी सक्नुपर्ने सो अवधिमा ६३.०३ प्रतिशत अर्थात् रु चार अर्ब ३० करोड ९७ लाख रहेकोमा रु दुई अर्ब ७१ करोड ६२ लाख बेरुजु फर्छ्योट भएको छ ।


यस्तै नेपाल प्रहरीको आर्थिक वर्ष २०७३/७४ सम्मको बेरुजु रु ६८ करोड ४१ लाखमध्ये ८५.१४ प्रतिशत अर्थात् ५८ करोड २५ लाख बेरुजु फर्छ्योट भएको छ ।

प्रकाशित : वैशाख ५, २०७६ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?