कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रत्नपार्कबाट राप्रपाका डेढ दर्जन कार्यकर्ता प्रहरी नियन्त्रणमा (तस्बिरहरु)

तस्बिर : अंगद ढकाल

काठमाडौँ — धर्मनिरपेक्षताको विरोधमा उत्रिएका राप्रपा नेपालका डेढ दर्जन कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रत्नपार्कबाट राप्रपाका डेढ दर्जन कार्यकर्ता प्रहरी नियन्त्रणमा (तस्बिरहरु)

शुक्रबार अपराह्न रत्नपार्कमा भेला भएका अध्यक्ष कमल थापा, वरिष्ठ नेता दीपक बोहरासहितका राप्रपा कार्यकर्ताहरुले धर्मनिरपेक्षता लेखिएको ब्यानर जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरी र प्रदर्शनकारीबीच केहीबेर धकेलाधकेल भएको थियो ।


पक्राउ परेकाहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा लगिएको छ । प्रदर्शनकारीहरु पुलिस क्लब अघि पुगेर उनीहरुलाई रिहाइको माग गर्दै नाराबाजी गरेका थिए ।

धर्मनिरपेक्षताको विरोधमा राप्रपाले शुक्रबार देशभर प्रदर्शन र विरोधका कार्यक्रम आयोजना गरेको छ ।

प्रकाशित : वैशाख ६, २०७६ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?