तीव्र गतिमा सवारी चलाउने ९४० चालक कारबाहीमा

रासस

काठमाडौँ — ट्राफिक प्रहरीले तोकिएको गतिभन्दा बढी गतिमा सवारी चलाउने ९४० सवारी चालकलाई कारबाही गरेको छ । महानगरीय  ट्राफिक प्रहरी महाशाखाले तीव्र गतिका कारण उपत्यकामा दुर्घटना बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न गति तोकेर कारबाही गरेको हो । महाशाखाले यही जेठ २८ देखि उक्त नियम लागू गरेर कारबाही गर्दै आएको छ । 


महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले तीव्र गतिका कारण दुर्घटना बढेको भन्दै दुर्घटना नियन्त्रणका लागि समय तोकिएको जानकारी दिए। 'कलङ्कीदेखि कोटेश्वरसम्म र भक्तपुर सडकखण्डमा ५० भन्दा बढी स्पिड चलाउने सवारी साधनलाई कारबाही गर्दै आएका छौँ, उनले भने।

चालू आर्थिक वर्षमा मात्र उपत्यकामा २३० व्यक्तिले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्। जसमा अधिकांश मोटरसाइकल चालक रहेको महाशाखाले जनाएको छ। यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३३ लाख तथा काठमाडौँ उपत्यकामा नौ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन्।

प्रकाशित : असार ९, २०७६ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्

पेट्रोलियम पाइप लाइनको परीक्षण सकियो, असारभित्रै आउला त पेट्रोलियम पदार्थ ?

रासस

काठमाडौँ — नेपाल भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भई परीक्षण भएको छ । परीक्षण सकिएसँगै असार महिनाको अन्त्यसम्ममा सञ्चालनमा आउने पाइपलाइन विस्तार आयोजनाले जनाएको छ ।  

भारतको मोतिहारीदेखि रक्सौल अमलेखगञ्जसम्म नेपाल भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको सफल परीक्षण भएपछि प्राविधिकले यसै महिनाभित्र सो पाइपलाइन सञ्चालनमा आउन सक्ने आँकलन गरेका छन् । परीक्षणको क्रममा नेपाल आयल निगम र इण्डियन आयाल कर्पोरेशनका प्राविधिकको संयुक्त टोलीले भारतको मोतिहारीबाट सो पाइपलाइनमा पानी पठाएर गरेको परीक्षण सफल भएपछि अब निकट भविष्यमै उक्त पाइपलाइन सञ्चालनमा आउने परियोजना कार्यालय सिमराले जनाएको छ ।
नेपालको लाइफ लाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ७० दशमलव २ किलोमिटर लम्बाइको सो पाइप लाइन बिछ्याउने काम पूर्णरुपमा सम्पन्न भई पाइपमार्फत पठाएको पानीको प्रेसर बाराको अमलेखगञ्जसम्म सफलरुपमा आइपुगेकाले परीक्षण सफल भएको प्राविधिकले जनाएका छन् ।
दक्षिण एशियाको पहिलो क्रसबोर्डरको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन सञ्चलनमा आएपछि पहिलो खेपमा भारत विहारको राजधानी पटनाबाट मोतिहारी रक्सौल हुँदै अमलेखगञ्जसम्म डिजेल ल्याउने पेट्रोलियम पाइपलाइन विस्तार आयोजना सिमराका इञ्जिनीयर शरद पौडेलले बताए ।

प्रकाशित : असार ९, २०७६ ११:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्