कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चोकचोकमा डंगुर

सीमा तामाङ

ललितपुर — एक सातादेखि फोहोर नउठ्दा उपत्यकावासी   दुर्गन्ध खेप्न बाध्य छन् । व्यापारिक क्षेत्र लगनखेेलमा फोहोर बढ्दै जाँदा हिँडडुल गर्न पनि समस्या भएको स्थानीयको गुनासो छ ।

चोकचोकमा डंगुर

हरेक दिन घर, पसल तथा बजारबाट निस्कने फोहोर व्यवस्थापन नहुँदा बजारमा दुर्गन्ध बढ्दै गएको राजेश मंक्रान्तीले बताए । लगनखेलको बसपार्क छेउमा २५ वर्षदेखि जुत्ता सिलाउने काम गरिरहेका उनी भन्छन्, ‘फोहोर बढ्दै जाँदा बस्नै गाह्रो भएको छ । धेरै दिनदेखि फोहोर उठेको छैन ।’


फोहोरले स्थानीय बासिन्दालाई मात्र नभएर गाडी आवतजावत यात्रुलाई पनि समस्या निम्ताएको छ । धापासी जान बस पर्खिरहेका ५५ वर्षीया सुन्तली श्रेष्ठ भन्छिन्, ‘मास्क नलगाई बस्न नसकिने अवस्था रहेछ लगनखेलमा ।’ बस पार्क नै फोहोरले घेरिएकाले पर्खनै गाह्रो भएको उनले सुनाइन् । फोहोरका रास र दुर्गन्धले बजारलाई कुरूप बनाएको उनको अनुभव छ ।


‘अहिले फोहोरको थुप्रो छ, यदि प्रधानमन्त्री, राष्ट्रपति वा सरकारी कर्मचारी आउने हो भने यहाँ फोहोरका थुप्रोहरू हुँदैनन्,’ उनले भनिन् । लगनखेलदेखि पाटनतिर जाने बाटोका चोक–चोकमा फोहोरको थुप्रो छ । मानिसहरूको आवतजावत धेरै हुने भएकाले फोहोर सबैतिर फिँजिएको स्थानीयको भनाइ छ ।


आजभोलि बाटोमा हिँड्दा अनिवार्य मास्क लगाएर हिँड्नुपर्छ । ‘मास्क नलगाई हिँडडुल गर्नै अवस्था नै छैन,’ बाटोमा हिँड्दै गरेका सुनराज स्याङ्तानले बताए । अन्य ठाउँमा त फोहोरका थुप्रा देखिएको थिएन तर यहाँका अवस्था हेर्दा महिनौँदेखि फोहोर नउठाएको देखिन्छ ।


फोहोरले कतिपय मानिसलाई रुघाखोकी, झान्डाबान्ता पनि हुन सक्ने उनले बताए । स्थानीयवासीले एक सातादेखि फोहोर नउठेको गुनासो गरे पनि ललितुपर महानगरपालिका वडा न. १२ का प्रमुख नारायणलाल अवालेले ४ दिनदेखि मात्र फोहोर नउठेको दाबी गरे ।


मेयरविरुद्ध प्रदर्शन

काठमाडौं उपत्यकाको फोहोर नउठाइएको विरोधमा राजधानीको प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पसका विद्यार्थीहरूले आइतबार प्रदर्शन गरेका छन् ।


प्रदर्शनमा उत्रिएका विद्यार्थीले क्याम्पस अगाडि दुर्गन्ध फैलिँदा पनि काठमाडौं महानगरले नउठाएकामा रोष प्रकट गर्दै सडकसमेत अवरुद्धसमेत गरेका थिए । विद्यार्थीहरूले फोहोर उठाउन चासो नदिएकामा काठमाडौं महानगरका

मेयर विद्यासुन्दर शाक्यविरुद्ध समेत नाराबाजी गरे ।

प्रकाशित : असार १६, २०७६ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?