२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

होलीमा जथाभावी रङ दल्ने २ सय ७७ जना पक्राउ

काठमाडौँ — प्रहरीले होली पर्व मनाउने क्रममा आज जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा २ सय ७७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुरुष २ सय ६२ जना तथा १५ जना महिला रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए ।

होलीमा जथाभावी रङ दल्ने २ सय ७७ जना पक्राउ

उनले भने, 'आज कानुनविपरीत काम गर्ने २ सय ७७ जनालाई हामीले नियन्त्रणमा लिएका छौँ, पक्राउ परेकाहरुको अवस्था हेरेर केहीलाई आजै परिवारको जिम्मा लगाइने र केहीको हकमा मुद्दासमेत दायर हुनेछ ।'

यसैगरी, जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज ६ सय ६४ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको जनाएको छ यसमा चारपांग्रे छ सय ४९ तथा २ पांग्रे १५ वटा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

लापसे, मापसे गरी सवारी साधन चलाउने तथा सवारी साधनका कागजपत्र नबोक्ने, हेल्मेट नलगाई सवारी चलाउनेका सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । फागु पूर्णिमा अर्थात् होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको थियो । ट्राफिक चेकिङदेखि सादा पोसाकसहित गरी कूल तीन हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाट निगरानी गरिएको थियो ।

प्रकाशित : चैत्र ११, २०८० २२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?