कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कार आरोपमा पर्यटन व्यवसायी र यौन दुर्व्यवहार आरोपमा बैंक प्रबन्धक पक्राउ

लालप्रसाद शर्मा

पोखरा — छिमेकमा घरेलु कामदारको रुपमा कार्यरत १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पर्यटन व्यवसायी सुन्दरकुमार श्रेष्ठ पक्राउ परेका छन् ।

बलात्कार आरोपमा पर्यटन व्यवसायी र यौन दुर्व्यवहार आरोपमा बैंक प्रबन्धक पक्राउ

श्रेष्ठ पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष पनि हुन् । ती किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एनआईसी एसिया बैंक पर्स्याङ शाखाका प्रमुख सुवास सुवेदी पनि पक्राउ परेका छन् ।


प्रहरीका अनुसार कक्षा ८ मा पढ्दै आएकी किशोरी बिहीबार अकस्मात हराइन् । हराएको सूचना आएपछि प्रहरीले खोजतलास गर्‍यो । शुक्रबार बिहान उनलाई साथीको घरबाट उद्धार गरी सोधपुछ गर्ने क्रममा आफू उक्त घरमा जान नसक्ने बताएपछि घटना बाहिर आएको हो ।


किशोरीले आफूमाथि श्रेष्ठले बलात्कार र सुवेदीले यौन दुव्र्यवहार गरेको प्रारम्भिक बयान दिएपछि प्रहरीले शुक्रबार नै दुवैजनालाई पक्रेको हो । 'पीडित पक्षबाट जाहेरी आएको छ' कास्की प्रहरी प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले भने, 'जाहेरी दर्ता भएर मुद्दा अघि बढाउने तयारीमा छौ ।' श्रेष्ठलाई बलात्कार र सुवेदीलाई यौन दुव्र्यवहार गरेको आरोपमा छुट्टाछुट्टै मुद्दा चलाइने उनले बताए ।

प्रकाशित : चैत्र ९, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?