कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संस्कृत विश्वविद्यालयमा तालाबन्दी

दुर्गालाल केसी

दाङ — बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएकाे छ । विश्वविद्यालयले आयुर्वेद स्नातक (बीएएमएस) तहको प्रवेश परीक्षाको नतिजा प्रकाशनमा ढिलाई र चलखेल गरेको आरोप लगाउँदै एमालेनिकट अनेरास्ववियूले शुक्रबारदेखि केन्द्रीय कार्यालयका साथै आयुर्वेद डिनको कार्यालय र केन्द्रीय आयुर्वेद क्याम्पसमा तालाबन्दी गरेको हो ।

संस्कृत विश्वविद्यालयमा तालाबन्दी

फागुन २५ गते भएको परीक्षाको नतिजा लामो समयसम्म पनि सार्वजनिक नभएपछि तालाबन्दी गरिएको अनेरास्ववियूका जिल्ला अध्यक्ष विरवल खड्काले जानकारी दिए । चलखेल र राजनीतिक दबावबिना निष्पक्ष नतिजा सार्वजनिक नभएसम्म तालाबन्दी जारी रहने खड्काले बताए ।

प्रकाशित : चैत्र ९, २०७५ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?