कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजपा महाधिवेशन एक वर्ष सार्ने तयारी

काठमाडौँ — पदाधिकारीहरूले नै नियमित महाधिवेशनको माग गरेपछि राष्ट्रिय जनता पार्टी (राजपा) मा महाधिवेशन गर्ने समयसीमा एक वर्ष बढाउने तयारी भएको छ ।

राजपा महाधिवेशन एक वर्ष सार्ने तयारी

यसअघि ६ पार्टी एकीकरण भएपछि दुई वर्षभित्र महाधिवेशन गर्ने विधानमा व्यवस्था थियो । त्यसअनुसार आगामी असारभित्र महाधिवेशन गरिसक्नुपर्ने थियो । उक्त अवधिभित्र पनि महाधिवेशन हुने सम्भावना नभएपछि राजपामा महाधिवेशन गर्ने समयसीमा एक वर्ष थप्ने गरी विधान संशोधनतर्फ लागेको हो ।


राजपाको ५ दिनदेखि जारी पदाधिकारी समितिको बैठकमा तल्लो तहबाटै अधिवेशन सकेर केन्द्रमा महाधिवेशन गर्नुपर्ने सुझाव आएको छ । विशेष प्रतिनिधि तोकेर तत्काल महाधिवेशन गर्ने संयोजक शरदसिंह भण्डारीको प्रस्ताव पदाधिकारी समितिका सदस्यहरूले अस्वीकार गरेका छन् ।


भण्डारीले नियमित महाधिवेशन गर्न समय अपुग हुने भएकाले तत्कालका लागि विशेष प्रतिनिधि तोकेर महाधिवेशन गर्नुपर्नेमा जोड दिएका थिए । विशेषभन्दा पनि नियमित महाधिवेशन गरेरै पार्टीलाई अघि बढाउनुपर्ने धारणा अधिकांशले राखेका छन् ।


शुक्रबार बाँकी पदाधिकारीहरूले धारणा राखेपछि यससम्बन्धी निर्णय हुन सक्ने राजपा स्रोतले जनाएको छ । बैठकमा बोल्ने अधिकांशले सरकारविरुद्ध संघर्षमा जानुपर्ने धारणा राखेका छन् ।

प्रकाशित : वैशाख १३, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?