कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घूससहित लाइसेन्सका विचौलिया पक्राउ

भूषण यादव

वीरगन्ज — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार वीरगन्जको नारायणी यातायात सवारी चालक अनुमति कार्यालय नजिकै दुई जना विचौलियालाई घूससहित नियन्त्रणमा लिएको छ ।

घूससहित लाइसेन्सका विचौलिया पक्राउ

लाइसेन्स बनाइदिए बापत सेवाग्राहीसँग ३१ हजार रुपैयाँ घूस लिँदै गर्दा हेटौंडाबाट शिवराम मर्हजन नेतृत्वमा आएको अख्तियारको टोलीले स्थानीय रोशन रौनियार र बाराको सुनिल यादवलाई नियन्त्रणमा लिएको हो । रौनियार र यादव लेखापढीमा संलग्न छन् । 'स्काभेटरको लाइसेन्स बनाइ दिएबापत पहिलो खेपमा ३५ हजार रुपैयाँ लिइसकेका रहेछन्,' अख्तियारमा कार्यरत सई हनुमान यादव भन्छन्, 'थप ३५ हजार माग गरेपछि सेवाग्राही अख्तियारको कार्यालयमा आएका थिए ।'


मकवानपुरका नेत्रबहादुर सारुको निवेदनमा अख्तियारले कारबाही गरेको हो । यातायात कार्यालय नजिकै रहेको शेखर इन्स्युरेन्सको तेस्रो पक्ष बिमाको काउन्टरमा रौनियार र यादवलाई सारुले ३१ हजार रुपैयाँ दिएका थिए । तीन हजार रुपैयाँको दस्तुरसमेत सारुले बुझाएका थिए ।


सारुले गत फागुन १८ गते स्काभेटरको अनुमति पत्रका लागि ट्रायल परीक्षा दिएका थिए । 'त्यसअघि उनले फेल भए पनि लाइसेन्स बनाइदिने व्यक्तिको खोजी गरेका थिए,' अख्तियार स्रोत भन्छ, 'सुरुमा ३५ हजारमै कुरा मिले पनि पछि थप ३५ हजार रुपैयाँको माग भएपछि सरु अख्तियारमा आए ।' अख्तियारले लाइसेन्स फाँटका कर्मचारीसँग पनि बयान लिएको छ । निमित्त कार्यालय प्रमुख रामअयोध्या रामका अनुसार अख्तियारले फागुन १८ गतेको ट्रायलको विवरण माग गरेको छ ।


प्रकाशित : वैशाख १३, २०७६ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?