कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुर हाफ म्याराथन : अनिश र विश्वरुपालाई उपाधि [फोटोफिचर]

कान्तिपुर संवाददाता

काठमाडौँ — नवौं संस्करणको कान्तिपुर हाफ म्याराथनको पुरुषतर्फको उपाधि अनिश थापामगरले जितेका छन् भने महिलातर्फ विश्वरुपा बुढाले उपाधि हात पारिन् । यसैगरी पुरुषतर्फ दुर्गा बुढा दोस्रो र कृष्ण बस्नेत तेस्रो भए।महिलातर्फ विश्वरुपा बुढाले उपाधि हात पारिन् भने दोस्रो सन्तोषी श्रेष्ठ भइन् । हाफ म्याराथनको पहिलो छ स्थानमा रहने महिला र पुरुष विजेताले क्रमशः ५० हजार, ३० हजार, २० हजार, १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार पाएका छन्। त्यसबाहेक महिला र पुरुष दुवै विधाका विजेतालाई हिरोको डुएट स्कुटर पाएका छन्।

कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु भएको ‘कान्तिपुर हाफ म्याराथन’ थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी चोकबाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हुँदै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर दौड टुंगिएको थियो।नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा भएको ‘कान्तिपुर हाफ म्याराथन’ को मुख्य प्रायोजक सिटिजन्स बैंक रहेको छ। नेपाल लाइफ इन्स्योरेन्स, हिरो मोटरसाइकल, सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले इन एसोशिएसनको रुपमा रहेका छन्।

प्रकाशित : जेष्ठ ११, २०७६ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्