कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अफगानी टोलीमा समस्यै समस्या

एएफपी

म्यानचेस्टर — मुख्य छनोटकर्ता दौलत अहमदजाईसँग प्रमुख प्रशिक्षक फिल सिमोन्सको विवाद सतहमा आएपछि अफगानिस्तानको विश्वकप अभियान थप संकटमा परेको छ ।

अफगानी टोलीमा समस्यै समस्या

अहमदजाईले विश्वकपअन्तर्गत सुरुआती ५ खेलमा अफगानिस्तानको लगातार हारका कारण वेस्ट इन्डिजका पूर्व अलराउन्डरसमेत रहेका मुख्य प्रशिक्षक सिमोन्स र उनको कोचिङ स्टाफ भएको आरोप लगाएका थिए ।


अफगानी टोलीका पूर्व बलरसमेत रहेका अहमदजाईले विश्व क्रिकेटकै सबैभन्दा ठूलो प्रतियोगिताका लागि सिमोन्सले अफगानी टोलीलाई ठीकसँग तयार गर्न असफल रहेको दाबी गरेका थिए । तर सिमोन्सले विश्वकप सुरु हुनुभन्दा २ महिनाअघि नियमित कप्तान अस्घर अफगानलाई जिम्मेवारी मुक्त गरिएको लगायतका विवादास्पद गतिविधिको खराब पक्ष सार्वजनिक गर्ने प्रतिज्ञा व्यक्त गरेका छन् ।


‘म अहिले विश्वकपको मध्य समयमा छु र टिमको अपेक्षाकृत राम्रो प्रदर्शनलाई प्रयास गरिरहेका छौं,’ विश्वकप सकिएपछि अफगानिस्तानको प्रशिक्षकबाट बाहिरिने निर्णय गरिसकेका सिमोन्सले टिटरमा लेखेका छन्, ‘तर म विश्वकप समाप्त भएपछि अफगानिस्तानका जनतालाई हाम्रो तयारीका क्रममा दालात अहमदजाईको भूमिका र कप्तान अस्घर अफगानलाई हटाउन खेलेको ‘खेल’ बारे सम्पूर्ण जानकारी दिनेछु ।’


अफगानलाई अप्रिलमा सबै फर्म्याटको कप्तानबाट हटाइएको थियो भने विश्वकपका लागि गुलबदिन नैबलाई जिम्मेवारी दिइएको थियो । अफगानी टिममा मैदानबाहिरको समस्या धेरै देखिएको छ । सोमबार अबेर रातिसम्म अफगानी खेलाडीहरू इंग्ल्यान्डको रेस्टुरेन्टमा भेला भएको देखिएको थियो ।


मंगलबार घरेलु टोली इंग्ल्यान्डसँग १ सय ५० रनले हारेपछि अफगानिस्तानले विश्वकपका खेलेका पाँचै खेल गुमाएको हो । १० टोलीसम्मिलित विश्वकपमा अफगान अन्तिम स्थानमा छ । अफगानिस्तानले विश्वकपको उपाधि दाबेदारमध्येको एक भारतविरुद्ध शनिबार साउथह्याम्पटनमा खेल्नेछ ।

प्रकाशित : असार ५, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?