कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिद्धार्थ राजमार्ग फेरि भासियो

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३ भुतखोला नजिक शुक्रबार राति पुनः सडक भासिएको छ । करिब ८० मिटर सडक भासिदा सवारी साधन एकतर्फी सञ्चालन गर्नुपर्ने अवस्था आएको स्थानीय विष्णुप्रसाद पाण्डेयले जानकारी दिए ।  

सिद्धार्थ राजमार्ग फेरि भासियो

दुई वर्षअघि नै केही भागमा भासिन सुरु भएको थियो । गतवर्षको वर्खामा झण्डै २ मिटरको गहिराईमा राजमार्ग भासिएको थियो । त्यसपछि केही भाग काटेर यातायात सुचारु गरेको थियो ।


‘एक मिटर जति उचाइँमा ग्राभेल राखेपछि मात्र गतवर्ष एकतर्फी यातायात सञ्चालन गर्न सकिएको हो,’ सडक डिभिजनका इन्जिनियर सौजन्य नेपालले भने, ‘पुनः भाँसिए पनि मिलाउन सकिन्छ ।’

प्रकाशित : श्रावण ४, २०७६ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?