कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुद्धको देशमा हिंसा अस्वीकार्य : मन्त्री बाँस्कोटा

रासस

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बुद्धको देशमा हिंसा कदापि स्वीकार्य नहुने बताएका छन् । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य संघको ४०औँ साधारणसभालाई शनिबार बनेपामा सम्बोधन गर्दै उनले भने,'बुद्धको देशमा हिंसा अस्वीकार्य छ । जसले हिंसा गर्छ अन्तिममा त्यही शिकार बन्छ । '

बुद्धको देशमा हिंसा अस्वीकार्य : मन्त्री बाँस्कोटा

मन्त्री बाँस्कोटाले विभिन्न स्थानमा लुकेर जनतालाई आतंकित पार्ने ‘जंगली राज’ वर्तमान अवस्थामा नचल्ने बताए । उनले भने,'यो प्रजातन्त्र हो, प्रजातन्त्रमा विचार चल्छ, बहस हुन्छ ।' खुला राजनीतिमा आएर राष्ट्रपतिसम्म बन्न सकिने अवस्थामा कसैले कसैलाई नरोकेको उनको भनाइ थियो ।


मन्त्री बाँस्कोटाले जनताका सामुन्ने हिंसा भड्काएर आतंक मच्चाउने, स्कूल र उद्योगीलाई दुःख दिने, स्थानीय निकायमा चन्दा आतंक मच्चाउनेजस्ता गतिविधि गलत भएको बताए । 'अब यस्ता गतिविधि चल्नेवाला छैन, यो देशका निम्ति घातक सावित हुनेछ', उनले भने ।


कसैले हिंसा भड्काउँदा सरकार झुक्ला भन्ने ठान्नु गलत हुने उल्लेख गर्दै सरकार कुनैपनि हालतमा कमजोर नहुने मन्त्री बाँस्कोटाले दाबी गरे । 'मुलुकलाई पुनः अस्थिरतातर्फ धकेल्ने नौटंकी कसैले पनि नगर्दा हुन्छ', उनले भने । 'तपाईंहरु(उद्योगी) सडकमा आउनु पर्दैन, छलफलबाटै समस्या समाधान हुन्छ', मन्त्री बाँस्कोटाले भने । देशमा आन्दोलन, झडप भैदिए आफ्नो स्वार्थसिद्ध गर्न खोज्ने एकथरि भएपनि तिनको चाहना पूरा नहुने उनले बताए ।

प्रकाशित : श्रावण ४, २०७६ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?