कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शपथ लिएपछि जेल जाने पहिलो व्यक्ति मै हुँ : चौधरी

काठमाडौँ — टीकापुर घटनाका मुख्य अभियुक्तका रुपमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीले सांसद पदको शपथ ग्रहण गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

शपथ लिएपछि जेल जाने पहिलो व्यक्ति मै हुँ : चौधरी

संसद् सचिवालय सिंहदरबारमा सभामुख कृष्णबहादुर महराबाट शपथ लिएपछि चौधरीले खुसी व्यक्त गरेका हुन् । उनले शपथ ग्रहणपछि जेल जाने पहिलो व्यक्ति भएको समेत दाबी गरे । भने, ‘शपथ लिएपछि जेल जाने पहिलो व्यक्ति मै हुँ ।’

राजपाको सांसद चौधरी गत निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । शपथ ग्रहणका लागि डिल्लीबजार कारागारबाट कडा सुरक्षाबीच उनलाई संसद् सचिवालय पुर्‍याइएको थियो । शपथग्रहण गराइसकेपछि उनलाई सुरक्षाकर्मीले बाक्लो घेरा हाली गाडीमा चढाएर डिल्ली बजार कारागार लगिएको छ ।

प्रकाशित : पुस १९, २०७५ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?