कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चार किलाे सुनसहित तीनजना पक्राउ

एक जना फरार
हरिहरसिंह राठौर

गजुरी (धादिङ) — प्रहरीको प्रदेश ३ इकाइले रसुवा हुँदै भारततर्फ लैजान लागेको चार किलाे सुनसहित गजुरीबाट तीनजनालाई पक्राउ गरेकाे छ ।

चार किलाे सुनसहित तीनजना पक्राउ

धादिङ प्रहरीको सहयोगमा प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक बुद्धिराम थारुसहितको टोलीले विशेष सूचनाको आधारमा बिहीबार राति पौने १० बजे गजुरी–१ बजारस्थित सिद्धेश्वर महादेव मन्दिर नजिक मोटरसाइकलबाट पक्राउ गरेको हो ।

प्रहरीले सुनसहित रसुवाकाे उत्तरगया गाँउपालिका–२ का २७ वर्षीय सन्जित वाइबा, नुवाकोट–५ का २२ वर्षीय सुरेन्द्र तामाङ र साेही गाउँका २४ वर्षीय विकास तामाङलाई पक्राउ गरेको हाे । एक जना फरार भएका छन् ।

उनीहरु चढेको बा ८७ प ७७३१ र प्रदेश ३–०२–००३ प २५४० नम्बरको पल्सर मोटरसाइकल समेत पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डम्बरबहादुर विकले बताए । उनीहरुलाई थप अनुसन्धानका लागि काठमाडौंस्थित राजश्व अनुसन्धान कार्यालय पठाइने प्रहरी प्रमुख विकले बताए ।

प्रकाशित : पुस २०, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?