कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यातना दिँदै दुई वर्षदेखि छोरीलाई बलात्कार गर्ने पक्राउ 

स्याङ्जा — यातना र धम्की दिएर आफ्नै छोरीलाई दुई वर्षदेखि बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले १२ वर्षीया छोरीलाई विभिन्न किसिमका यातना दिँदै विगत दुई वर्षदेखि बलात्कार गर्दै आएका ती पुरुषमाथि अनुसन्धान अगाडी बढाएको छ ।

यातना दिँदै दुई वर्षदेखि छोरीलाई बलात्कार गर्ने पक्राउ 

बलात्कारसँगै हाड नाता करणीमा पनि मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । पीडितले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए ।

‘कसैलाई केही नभन भन्ने धम्की दिँदै बारम्बार बालिकालाई बलात्कार गरेको रहेछ’ प्रहरी उपरीक्षक लम्सालले भने, ‘१२ वर्षीया बालिका लगातार दुई वर्षसम्म बलात्कारको सिकार भइन् । यही १४ गते राती १ बजे पनि बलात्कार गरेछ । बालिकालाई पिडा भएपछि आफन्तलाई बताइदिन्छु भन्दा १५ गते दिउँसो तातो कुँडो खन्याई ज्यान मार्ने धम्की दिइएको रहेछ ।’

प्रकाशित : पुस २३, २०७५ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?