कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिक्षण अस्पतालका आवासीय चिकित्सक हडतालमा

अतुल मिश्र

काठमाडौँ — त्रिवि शिक्षण अस्पतालका रेसिडेन्ट चिकित्सकहरूले बिहीबारदेखी काम ठप्प पारेर आन्दोलन सुरु गरेका छन् । गत ८ महिनादेखी तलब(स्टाइपेन्ड) नपाएको भन्दै उनिहरूले अनिश्चितकालिन हडताल शुरू गरेका हुन् । 

शिक्षण अस्पतालका आवासीय चिकित्सक हडतालमा

'भोकै पेट कहिलेसम्म काम गर्ने हो, अब तलब नपाएसम्म हाम्रो हडताल जारी रहन्छ,' नेशनल रेसिडेन्ट डाक्टर्स एसोसिएसनका अध्यक्ष डा. सुमित पांडेले कान्तिपुरसँग भने । उनले स्वास्थ्य मन्त्रालयले रकम निकाशा नगर्दा आफू हरूले तलब पाउन नसकेको बताए।


रेसिडेन्टहरूको मासिक स्टाईपेन्ड करिव ३४ हजार रूपैयाँ छ भने शिक्षण अस्पतालमा करिव १ सय ८० जना रेसिडेन्ट चिकित्सकहरू छन् ।


प्रकाशित : पुस २६, २०७५ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?