कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मालिका गाउँपालिकाका सबै वडामा हेलिप्याड

म्याग्दी — मालिका गाउँपालिकाका सातवटै वडामा हेलिप्याड तयार भएको छ । आपतकालीन उद्धारका लागि आउने हेलिकप्टरलाई अवतरण र उडानका लागि यस्तो गरिएको हो । बाढीपहिरोको जोखिमयुक्त जिल्ला भएकाले हेलिप्याड बनाइएको हो ।

मालिका गाउँपालिकाका सबै वडामा हेलिप्याड

‘सबै वडामा एक/एकवटा हेलिप्याड तयार भयो,’ मालिका गाउँपालिका उपाध्यक्ष खरमाया बिटाजुले भनिन्, ‘जिल्लाका सबै स्थानीय तहमध्ये हाम्रोमा काम पहिले सकिएको छ ।’ सबै हेलिप्याड राति पनि आवश्यकताअनुसार हेलिकप्टर ल्यान्ड हुन मिल्ने सुविधाको रहेको उनले बताइन् ।


जिल्ला विपद् व्यवस्थापन समितिले आपतकालीन उद्धारलाई सहज गराउन जिल्लाको बेनी नगरपालिका र पाँच गाउँपालिकाका सबै वडामा गरी ४५ वटा हेलिप्याड निर्माण गर्ने योजना अघि सारेको छ । गाउँपालिका र समुदायले उपयुक्त जग्गा व्यवस्थापन गरेपछि प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको प्राविधिक सहयोग लिएर हेलिप्याड निर्माण गरेका हुन् ।


मंगलामा २ र र रघुगंगा गाउँपालिकामा एउटा हेलिप्याड निर्माण भएको छ । रघुगंगा र अन्नपूर्णमा थप एक/एकवटा निर्माणको काम भइरहेको सशस्त्र प्रहरी बेसक्याम्प गलेश्वरका प्रमुख डीएसपी अनिल कार्कीले बताए ।

प्रकाशित : पुस २८, २०७५ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?