चैतमा लगानी सम्मेलन गर्ने सरकारको निर्णय

टीकाराम तामाङ

काठमाडौँ — सरकारले आउँदो चैतको दोस्रो साता लगानी सम्मेलन गर्ने भएको छ। मन्त्रिपरिषद्को बैठकले चैत १५ र १६ गते ‘लगानी सम्मेलन–१९’ गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । 

मन्त्रिपरिषद्को पछिल्ला बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेको बास्कोटाले भूकम्पपछि आयोजना गरेको सम्मेलनभन्दा विल्कुलै फरक हुने स्पष्ट पारे।

उनले भने, ‘अहिले परिस्थिति फेरिएकोले लगानी सम्मेलन हो। त्यो पृथक् छ। प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने र नेपालको समृद्धि र सुखी नेपालीको चाहनालाई पूरा गर्न विदेशी राष्ट्र, संस्थालाई आग्रह गर्छौँ।’ उनले नेपालको समृद्धिको सपनालाई पूरा गर्न विभिन्न राष्ट्रहरूले सहयोग गर्ने विश्वाससमेत व्यक्त गरे।

सरकारको आयोजनामा २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पपछि पुनर्निर्माण र पीडितलाई राहत पुर्‍याउन दाता सम्मेलन भएको थियो।

उनले सम्मेलनमा नेपालले निर्धारण गरेको समृद्धि र सुखको अभियानमा आर्थिक योगदान गर्न चाहने संसारभरका विभिन्न कम्पनीहरूलाई आमन्त्रण गर्ने बताए।मन्त्री बास्कोटाले लगानी सम्मेलनको तयारीसमेत आरम्भ गरिसकेको जानकारी दिए ।

प्रकाशित : माघ ३, २०७५ १७:०४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

 नियोजित रुपमा पार्टी फुटाएको विवेकशील साझाको ठहर

टीकाराम तामाङ

काठमाडौँ — विवेकशील साझा पार्टीले नियोजित रुपमा पार्टी फुटाएको ठहर गरेको छ । पार्टी कार्यालय बखुन्डोलमा दुई दिन बसेको केन्द्रीय समिति बैठकले तत्कालीन संयोजक उज्ज्वल थापाले नियोजित रुपमा पार्टी फुटाएको निष्कर्ष निकालेको हो ।

तस्बिर : बिजु महर्जन, कान्तिपुर

बैठकको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता सूर्यराज आचार्यले भने, ‘तात्कालीक एकजना संयोजकले नियोजित रुपमा पार्टी फुटाउन खोजेको र सोही कारण केन्द्रीय समिति बैठकमा उपस्थित हुनुभन्दा पहिले नै नयाँ पार्टी दर्ता प्रक्रिया सुरु गरेको देखिन्छ।’

उनले पार्टी विभाजनलाई अनपेक्षित र दुखद् घटनाको रुपमा बैठकले ठहर गरेको बताए।पार्टीमा शक्तिकेन्द्रिकरण भएको, एकलौटी निर्णय गरेको, आर्थिक अपारदर्शितालगायतको आरोप लगाउँदै संयोजक उज्ज्वल थापाले १६ केन्द्रीय सदस्यसहित शुक्रबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका थिए।

प्रवक्ता आचार्यका अनुसार पार्टी विभाजनको पूर्ण समीक्षात्मक रिपोर्ट तयार पार्ने जिम्मा संयोजक रविन्द्र मिश्रलाई दिने निर्णयसमेत गरेको छ। त्यस्तै, पार्टी विभाजनबाट सबै प्रदेश, जिल्ला तथा स्थानीय तहको नेतृत्व र संरचनामा उल्लेख्य असर नपरेको मूल्यांकन गरिएको उनले बताए।तर, पार्टीका मतदाता, शुभचिन्तक र शुभेच्छुकहरुमा अन्योल सिर्जना भएको निष्कर्ष निकाल्दै विवेकशील साझाले पार्टीका विभिन्न तहमा गतिविधि सञ्चालन गर्ने बताएको छ ।

माघ १२ मा राष्ट्रिय भेला
पार्टी विभाजनपछि देखापरेका चुनौती र आगामी योजना बारे छलफल गर्न भन्दै विवेकशील साझाले माघ १२ गते काठमाडौंमा राष्ट्रिय भेला बोलाएको छ । देशभरिका पार्टी प्रतिनिधि सदस्यहरुसहित 'विवेकशील साझा राष्ट्रिय भेला' आयोजना गर्ने निर्णय गरेको प्रवक्ता आचार्यले जानकारी दिए । त्यस्तै १३ गते राष्ट्रिय सभागृहमा 'विवेकशील साझा : अबको बाटो' शीर्षकमा सार्वजनिक कार्यक्रम आयोजना गरिने छ ।

बैठकको निर्णय जानकारी दिन विवेकशीलले जारी गरेको विज्ञप्ति


प्रकाशित : माघ १, २०७५ १७:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT