कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरपश्चिममा ब्लड बैंकको शिलन्यास

घनश्याम खड्का

काठमाडौँ — सुदूरपश्चिममा पहिलो ब्लड बैङ्क बन्ने भएको छ । अमेरिकी तथा नेपाल सरकार र नेपाल रेडक्रस सोसाइटीसँगको साझेदारीमा ब्लड बैङ्क बन्न लागेको हो । 

सुदूरपश्चिममा ब्लड बैंकको शिलन्यास

अमेरिकी रक्षा मन्त्रालयले नेपालाई दिएको १५ लाख डलरको आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त ब्लड बैङ्कको शिलन्यास बिहीबार भएको छ । सुदूरपश्चिमका जनप्रतिनिधि र अमेरिकी दूतावासका प्रतिनिधिले संयुक्त रूपमा शिलन्यास गरी बैङ्कले सुदूर पश्चिममा अत्यावश्यक रक्त सञ्चार सेवाको अभाव पूर्ति गर्ने विश्वास व्यक्त गरेका छन् ।


त्यस क्षेत्रका बासिन्दा ब्लड बैङ्कको अभावमा चार घण्टासम्मको सडक यात्रा पार गरी बाँकेस्थित स्वास्थ्य संस्थामा जानुपर्ने स्थितिमा छन् । स्वास्थ्य मन्त्रालयले यो समस्यालाई अन्त्य गर्न अमेरिकी दूतावासको सहयोग लिएको हो ।


ब्लड बैङ्कले दाताहरूबाट प्राप्त रगतलाई भण्डारण गरी आवश्यक परेका बखत बिरामीहरूलाई उपलब्ध गराउँछ । तर, बैङ्क नहुँदा बिरामीहरूले रक्त सेवा पाउन सकिरहेका छैनन् ।

प्रकाशित : माघ ३, २०७५ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?