कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

देश जोगाउने पालो कांग्रेसको : देउवा

स्याङ्जा — कांग्रेस सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी शिवकुमार अधिकारीले देखाएका बाटामा पार्टी अगाडि बढ्ने बताएका छन् । 

देश जोगाउने पालो कांग्रेसको : देउवा

पुतलीबजारस्थित पार्टीको जिल्ला कार्यालयमा शुक्रबार आयोजित अधिकारीको श्रद्धाञ्जली सभामा उनले यस्तो बताएका हुन् । देश खतरामा पुगेको उल्लेख गर्दै देउवाले कुनै पनि संकटमा कांग्रेसले देश जोगाएकाले अबको पालो पनि कांग्रेसकै रहेको बताएका थिए ।


वर्तमान ओली सरकारले प्रजातन्त्रको मूल्यमान्यतालाई कटौती गर्दै सर्वसत्तावादी शासन लाद्ने दुष्प्रयास गरेको देउवाको आरोप थियो । वाम सरकारविरुद्ध संघर्षमा जानुपर्ने अवस्था आएको उनले बताए । निर्वाचनमा कांग्रेस एक नहुँदा हार बेहोरेको बताउँदै देउवाले पार्टीमा एकताको खाँचो रहेको बताए । ‘पार्टी जुटेर गएमा आगामी निर्वाचनमा ठूलो बन्नेछ,’ उनले दोहोर्‍याए, ‘पार्टीमा योगदान दिएका छुट्न हुँदैन ।’


श्रदाञ्जली सभामा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठ, धनराज गुरुङ, प्रदीप पौडेल, पूर्वमन्त्री यज्ञबहादुर अधिकारी, पूर्वसांसद खगेन्द्रराज रेग्मी, संविधानसभा सदस्य राजु थापा, प्रदेशसभा सदस्य बिन्दु थापालगायतले बोलेका थिए । ८९ वर्षीय अधिकारीको ब्रेन ट्युमरको उपचार क्रममा गत पुस १० मा निधन भएको थियो ।

प्रकाशित : माघ ४, २०७५ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?