कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कलाकार गणेश न्यौपानेको निधन

रासस

काठमाडौ‌ं — कलाकार गणेश न्यौपाने ‘मुनाल’को सोमबार निधन भएको छ । दमका रोगी ६८ वर्षीय मुनालको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको कलाकार निर्मल शर्माले जानकारी दिए ।  

कलाकार गणेश न्यौपानेको निधन

मुनालले प्रेमयुद्ध, दिदीबहिनी, मिस्टर डन, सेतो बाघलगायत चलचित्र तथा ‘तितो सत्य’लगायतका टेलिश्रृङ्खलामा अभिनय गरेका थिए । मुनालको आजै अन्तिम संस्कार गरिने भएको छ ।


उनको पार्थिव शरीर पशुपति आर्यघाटमा श्रद्धाञ्जलिका लागि राखिने शर्माले जानकारी दिए । न्यौपाने काठमाडौँको महाङ्कालका स्थायी बासिन्दा थिए ।

प्रकाशित : माघ ७, २०७५ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?