कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुर डेली डटकमका सम्पादक घलेलाई मातृशोक

लमजुङ — कान्तिपुर मिडिया ग्रुप अन्तरगतकाे कान्तिपुर डेली डटकमका सम्पादक खिम घलेलाई मातृशोक परेको छ । घलेकी ७२ वर्षीया आमा चन्द्रकुमारी घलेको मंगलबार बिहान साढे २ बजेतिर निधन भएको परिवारले जनाएको छ ।

कान्तिपुर डेली डटकमका सम्पादक घलेलाई मातृशोक

मधुमेह र उच्च रक्तचापको समस्याका उनी सोमबार दिनभरी परिवारसँगै थिइन् । राति एक्कासी समस्या आएपछि तत्काल अस्पताल पुर्‍याइएको थियो । उपचार सुरु हुन नपाउँदै डाक्टरले मृत घोषणा गरेका थिए ।


बेंसीसहर नगरपालिका–१० खासुर घर भएका उनी बेंसीसहर नगरपालिका–७ पुरानो बैंक चोकमा जेठो छोरा स्टेशनरी व्यवसायी ताराराज घलेसँग बस्दै आएकी थिइन् । उनका पति र २ छोरा छन् ।

नेपाल पत्रकार महासंघ कान्तिपुर शाखा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), तमू (गुरुङ) संचारकर्मी संघ नेपाल (एटजोन), रेडियो मर्स्याङ्दी लमजुङ, जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड लगायतले घलेकाे निधनप्रति शोक वक्तव्य जारी गरेका छन् ।

प्रकाशित : माघ ८, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?