१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

मुख्य रजिष्ट्रारमा निरौला सिफारिस

काठमाडौँ — न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा न्याय परिषदका सचिव नृपध्वज निरौलाको नाम सिफारिस गरेको छ ।

मुख्य रजिष्ट्रारमा निरौला सिफारिस

राजन भट्टराईलाई उच्च अदालतको न्यायाधिश बनाएपछि रिक्त पदमा निरौलाको नाम सिफारिस भएको हो । उनी वरियताक्रमले न्याय प्रशासनका सेवाका वरिष्ठ अधिकारी हुन् ।


यसअघि नै न्यायप्रशासनको नेतृत्व गरेका निरौलालाई तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले दरबन्दी नै नभएको बेपत्ता छानबिन आयोगको सचिव बनाएर पठाएका थिए । उनी पछि न्यायपरिषद्को सचिव भएका थिए । निरौलाकै निर्णय र पत्रका आधारमा आफ्नो शैक्षिक प्रमाणपत्र लुकाएर पदावधि बढाएका पराजुलीले अनिवार्य अवकाश पाएका थिए ।


आयोगले श्रम अदालतका मुद्दा हेर्ने अधिकारी देवेन्द्र ढकाललाई न्यायपरिषद्को सचिवमा सरुवाको सिफारिस गरेको छ । सबै सिफारिस मन्त्रिपरिषद्बाट निर्णय भएपछि कार्यान्वयनमा आउनेछन् ।

प्रकाशित : माघ ९, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?