कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केहीदिन मौसम अदलबल भइरहने

काठमाडौँ — पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र हिमपात भइरहेको छ । पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट अस्तिदेखि सुरु भएको वर्षा गएरातिदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको मौसमविद् समीर श्रेष्ठले बताए ।

केहीदिन मौसम अदलबल भइरहने

उनका अनुसार यो क्रम आज रातिसम्म कायम रहनेछ । मंगलबार रातिदेखि सुरु भएको वर्षा बुधबार मध्याह्नतिर केही समय रोकिएपनि बेलुकीपखबाट पुनः सुरु हुने मौसमविद् श्रेष्ठले बताए ।


बुधबार उपत्यकासहित देशभरि नै बद्ली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको बताइएको छ । काठमाडौँ उपत्यकाको उच्च पहाडी क्षेत्र फूल्चोकी, चन्द्रागिरिलगायत स्थानमा हिमपात भएको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।


देशको पश्चिमी उच्च पहाडी क्षेत्रमा भारी हिमपात भइरहेको छ । देशका पश्चिमी भागमा भोलिसम्म यो प्रणलीले प्रभाव पर्ने छ । हिजोदेखि सुरु भएको वर्षाले अझै केही दिन निरन्तरता पाउने बताइएको छ । भोलि एक दिन यो प्रणाली हटेपनि आगामी शुक्रबारबाट पुनःपश्चिमी वायु सक्रिय हुने र त्यसको प्रभावले पानी पर्ने मौसमविद् श्रेष्ठको भनाइ छ ।


देशका अधिकांश भू–भागमा वर्षा र हिमपात भइरहेकाले तापक्रम घट्ने र चिसो बढ्नेछ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष शून्य डिग्रीसम्म पुगेको थियो । आज वर्षापछि चिसो बढे पनि यसवर्ष शून्य डिग्रीभन्दा तल नर्झने मौसमविद् श्रेष्ठले बताए । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा ८.१ मिलिमिटर वर्षा भएको छ ।

प्रकाशित : माघ ९, २०७५ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?