कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जन्ती बोकेको बसमा करेन्ट लाग्दा ५ को मृत्यु [अपडेट]

धनुषा — जिल्लाको सबैलाबाट जन्ती लिएर सिन्धुली फर्कंदै गरेको बसमा करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको छ । ५ जना घाइते छन् । धनुषाको सबैला नगरपालिका–४ स्थित जन्ती आएको बसमा सवार यात्रुको मृत्यु भएको सङ्घीय प्रहरी इकाइ जनकपुरका प्रहरी नायव महानिरीक्षक हरिबहादुर पालले बताएका छन् ।

जन्ती बोकेको बसमा करेन्ट लाग्दा ५ को मृत्यु [अपडेट]

उनका अनुसार आधा दर्जन बढी घाइते भएका छन् । करिब ८ : १५ को समयमा विद्युत् हाइटेन्सन लाइनको तारले बा ५ ख १७५२ नम्बरको बस छोएपछि यात्रुलाई करेन्ट लागेर ज्यान गएको हो ।


सिन्धुलीका वर्ष ९ का आक्रोश कुँवर, वर्ष २२ की पूजा अधिकारी, उमेर खुल्न नसकेकी लिला अधिकारी, धनुषा सबैला ४ पटेर्वाका केशव वेरी कुँवरलगायतको मृत्यु भएको हो । प्रहरीले घटनास्थलमा उद्धार गरिरहेको छ ।

प्रहरीका अनुसार बसको छतमा राखेको टिनको बाकसमा ११ हजार भोल्टको करेन्ट लाग्दा उक्त घटना भएको हो ।जानकारी अनुसार बसमा सबैला नगरपालिका ४ बल्टीयाका रामभरोस दनुवारकी छोरीको विहेबाट फर्किदै गरेका जन्तीहरु चढेका थिए ।

प्रहरी नायव निरीक्षक मुक्तिनारायण यादवले भने बसमा करेन्ट लागेर ६ जनाको मृत्यु भएको र दर्जन बढी घाइते भएको बताएका छन् ।



प्रकाशित : माघ ११, २०७५ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?