२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

नेविसंघ कार्यकर्ताले सरकारी गाडी जलाए, आधा दर्जन नियन्त्रणमा

काठमाडौँ — नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीहरुले शनिबार अपराह्न बुद्धनगरमा एक सरकारी गाडीमा आगजनी गरेका छन् । संघका महामन्त्री कुन्दन काफ्ले आगजनीको
नैतिक जिम्मेवारी लिए । उनका अनुसार बा.१ झ ७७१५ को सरकारी गाडीमाथि आगजनी भएको हो । 

नेविसंघ कार्यकर्ताले सरकारी गाडी जलाए, आधा दर्जन नियन्त्रणमा

सरकारविरुद्धको आन्दोलनको सिलसिलामा संघले आज सरकारी गाडी चलाउन रोक लगाउने कार्यक्रम राखेको थियो । बिदाका दिनमा अत्याआवश्यक अवस्थामा विशेष पास लिएर मात्रै गाडी चलाउन पाइने सरकारी प्रावधान छ ।


संघको आन्दोलन र सरकारी प्रावधानसमेत अटेर गरी जबर्जजस्ती गाडी चलाउन खोज्दा आगजनी भएको महामन्त्री काफ्लले बताए । सरकारी गाडी रोक्नका लागि संघका कार्यकर्ताहरु बिहानैदेखि सडकमा बसेका थिए । उनीहरुले प्रधानमन्त्री कार्यालयमा कार्यरत दुई सचिवका गाडीसमेत नियन्त्रणमा लिएका छन् ।


सचिव शिशिर ढुंगाना र दिनेशकुमार घिमिरे चढेको गाडी नियन्त्रणमा लिएका हुन् । ढुंगाना चढेको गाडी लाजिम्पाट र घिमिरे चढेको गाडी डिल्लीबजारमा नियन्त्रणमा लिइएको हो ।



उर्जा मन्त्रालयका सहसचिव प्रविरणराज अर्याल चढेको गाडीपनि डिल्लीबजारबाट नियन्त्रणमा लिइएको थियो । यी सहित संघले आधा दर्जन गाडी नियन्त्रणमा लिएका छन् । नियन्त्रणमा लिएका गाडीको चाबी ट्राफिक कार्यालयलाई बुझाउने तयारी भइरहेको काफ्लले बताए ।


यसैगरी संघका अध्यक्ष नैनसिंह महरले विज्ञप्ति जारी गर्दै सरकारी पास नभएका र विरोधको कार्यक्रमलाई अटेर गरी जबर्रजस्ती चलाउन खोज्दा काठमाडौं र पोखरामा दुईटा गाडी आगजनी भएको बताएको छ । संघले कास्कीबाट ५ जना, सुर्खेतबाट १, बाँकेबाट ५ जनालाई नियन्त्रणमा लिएको बताएको छ ।


गिरफ्तार विद्यार्थीहरुलाई तत्काल रिहाई गर्न समेत संघले विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।


प्रकाशित : माघ १९, २०७५ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?