कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुल माग्दै नगरपालिका घेराउ

संखुवासभा — भोजपुर र संखुवासभा जोड्ने लम्सुवाघाट पुल निर्माण ८ वर्षदेखि अलपत्र पारेको भन्दै षडानन्द नगरपालिका घेराउ गरिएको छ । पुल नबनेपछि स्थानीयले संघर्ष समिति गठन गरेर सोमबार नगरपालिका घेराउ गरेका हुन् ।

पुल माग्दै नगरपालिका घेराउ

अरुण नदीमा समयमै पुल नबनेको भन्दै षडानन्दवासीले माघ २७ देखि फागुन ६ गतेसम्म संघर्षको कार्यक्रम घोषणा गरेका छन् । पुल निर्माणले गति नलिएपछि षडानन्द कार्यालय घेराउ गरी दबाब दिएको संघर्ष समिति संयोजक दिलबहादुर राईले बताए ।


संघर्षका क्रममा नगरपालिकाको कार्यालय घेराउ तथा बन्द, नगरपालिकालाई असहयोग, प्रमुख र उपप्रमुखलाई नगर क्षेत्रमा निषेध, वडामा अध्यक्षलाई निषेध गरिएको छ । भोजपुरको उत्तरी क्षेत्रको विकासमा बाधक बनेको अलपत्र पुलको समस्या झेल्दै आएका सर्वसाधारणलाई ज्यान जोखिममा राखेर डुंगाबाट आवतजावत गर्नुपर्छ ।


षडानन्द नगरपालिकालगायत भोजपुरका उत्तरी क्षेत्रका करिब ७० हजार सर्वसाधारणले अरुणमा पुल नहुँदा दिनहुँ जोखिम मोलेर नदी वारपार गर्दै आएका छन् ।


पुलको काम बेवारिसे बनेपछि भोजपुर र संखुवासभावासीलाई अढाई घण्टाको घुमाउरो बाटो हिंड्नुपरेको छ । लामो बाटो पछि सतिघाटको पुल र डुंगाको सहारामा वारपार गर्नुपर्छ । नगरपालिका प्रमुख वीरबल राईले पुल निर्माणमा संघीय र प्रदेश सरकारसँग पहल भइरहेको बताए ।

प्रकाशित : माघ २९, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?