कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पार्टीमा एकल निर्णय हावी भयो : नेता नेपाल   

श्यामसुन्दर शशि

जनकपुर — नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा एकल निर्णय हाबी भएको बताएका छन् । जनकपुरधाम-८ वलवा टोलस्थित कविर अनाथ बालबात्सल्य आश्रमका अनाथ बालबालिकाको अवस्था बुझ्न गएका नेता नेपालले सञ्चारकर्मीहरूसँगको भेटमा नेकपाभित्र एकल निर्णय हावी भएको बताएका छन् ।

पार्टीमा एकल निर्णय हावी भयो : नेता नेपाल   

उनले भने,‘ म कुनै पनि निजी निर्णयको विरोध गर्दछु ।’ जनयुद्ध दिवस मनाउने/नमनाउने विषयमा नेकपाभित्र देखिएको विवादबारे सञ्चारकर्मीहरूको जिज्ञासामा उनले भने,‘ यस्ता निर्णयहरू कमिटीको बैठकबाट गर्नुपर्ने हो । एकल निर्णयको कारण संशय सिर्जना भएको हो ।’ नेता नेपालले आफूहरू जनयुद्ध दिवस नभई जनयुद्ध र जनआन्दोलनका सहिदहरूलाई श्रद्धाञ्जली दिनका लागि कार्यक्रमको आयोजना गरिएको बताए ।


नेकपाका दुई अध्यक्षका कारण पार्टी विभाजनतर्फ अग्रसर भएको जिज्ञासामा उनले भने, ‘ पार्टीभित्रको बहस छलफलले विभाजित होइन अझ सङ्गठित भएको छ । पार्टी एक ढिक्का राख्न म छँदै छु नि ।’

प्रकाशित : फाल्गुन १, २०७५ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?