कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं केन्द्रविन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यकामा पछिल्लो एक महिनामै दोस्रोपल्ट परकम्प गएको छ । कीर्तिपुर आसपास केन्द्रबिन्दु बनाएर शनिबार साँझ ४ रेक्टर स्केलको परकम्प गएको हो । 

काठमाडौं केन्द्रविन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार यो गोरखा भूकम्पकै परकम्प हो । साँझ ८: ३४ बजे भएको पराकम्पनको धक्का उपत्यकाभर महसुस भएको थियो । अघिल्लो महिना माघ ८ गते थापाथली केन्द्रविन्दु भइ ३.३ रेक्टरको पराकम्प गएको थियो । गत बिहीबार ताप्लेजुङ कञ्चनजङ्घा आसपास ४.६ रेक्टरको भूकम्प गएको थियो । २०७२ वैशाख १२ को ७.६ रेक्टरको भूकम्पपछि हालसम्म ५११ परकम्प गएको केन्द्रले जनाएको छ ।

प्रकाशित : फाल्गुन ४, २०७५ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?