१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

हिन्दु राष्ट्र माग्दै राप्रपाद्वारा आन्दोलन घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकलाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्नेलगायत २२ बुँदे माग अघि सारेको गरेको छ । अध्यक्ष कमल थापाले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी माग पूरा नभए चैत पहिलो साताबाट सरकारविरुद्ध सशक्त आन्दोलन सुरु गर्ने घोषणा गरे ।  

हिन्दु राष्ट्र माग्दै राप्रपाद्वारा आन्दोलन घोषणा

राप्रपाले संविधानमा रहेको धर्मनिरपेक्षता तत्काल खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दु राष्ट्र घोषणा गर्न तथा संघीयताबारे राष्ट्रिय जनमत संग्रह गर्न माग राखेको छ । पार्टीले राजसंस्थासहितका सबै राजनीतिक शक्ति अटाउने मौलिक प्रजातन्त्र कायम गर्न अविलम्ब सर्वपक्षीय गोलमेच सम्मेलनको मागसमेत दोहोर्‍याएको छ ।


थापाले सरकारलाई माग पूरा गर्न दबाब दिन फागुन ७ देखि जनसंघर्ष कार्यक्रम थाल्ने जानकारी दिए । उनले हिन्दु राष्ट्र पुन:स्थापनाका लागि फागुन १५ देखि चैत १ सम्म ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ सुरु गर्ने बताए ।

प्रकाशित : फाल्गुन ५, २०७५ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?