कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चार राजदूतले लिए शपथ

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त चार नेपाली राजदूतलाई सोमबार पद तथा गोपनीयताको शपथ गराएकी छन् । 

चार राजदूतले लिए शपथ

शीतलनिवासमा सोमबार आयोजित कार्यक्रममा राजदूतहरू कृष्णप्रसाद ढकाल (संयुक्त अरब इमिरेट्स), उदयराज पाण्डे (मलेसिया), दुर्गाप्रसाद भण्डारी (कुवेत) र दीपक अधिकारी (फ्रान्स) ले शपथ लिएका हुन् ।


कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

प्रकाशित : फाल्गुन ६, २०७५ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?