कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनुगमनविरुद्ध एम्बुलेन्स सेवा बन्द

रमेशकुमार पौडेल

चितवन — बिरामी बोक्ने एम्बुलेन्सको अवस्था अनुगमन गर्न लाग्दा चालकहरूले विवाद गरेर सेवा नै रोकेका छन् । चितवन जिल्ला जनस्वास्थ्य कार्यालयको नेतृत्वमा मंगलबार पाँच सदस्यीय टोली अनुगमनका लागि निस्केको थियो । भरतपुर अस्पतालअगाडि रोकेका एम्बलेन्सहरू अनुगमन गर्न सुरु गरेलगत्तै चालकहरूसँग विवाद भएको थियो ।

अनुगमनविरुद्ध एम्बुलेन्स सेवा बन्द

संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड युनियन चितवन शाखा अध्यक्ष सुमन घले अनुगमनमा आउनेहरूले जबरजस्ती गरेको बताउँछन् । ‘अनुगमन आकस्मिक गरून् तर सडकमा गर्ने हो नि, रोकिराखेको ठाउँमा किन अनुगमन गर्न आएको होला ? चालकको लाइसेन्स माग्ने, प्रहरीलाई बुझाउने गर्न थालेपछि हामीले विरोध गरेका हौं,’ अध्यक्ष घलेले भने । चालकहरूले प्रतिवाद गरेपछि अनुगमन टोली बैठक बस्न जनस्वास्थ्य कार्यालय गएको थियो ।


बैठकमा सहभागी भएर फर्कने क्रममा संघका केन्द्रीय अध्यक्ष नवराज लामिछानेलाई प्रहरीले समाएको विरोधमा एम्बुलेन्स नचलाउने निर्णय गरेको घलेले बताए । ‘हाम्रो संघअन्तर्गत ९० वटा एम्बुलेन्स छन् । बिरामी अस्पतालसम्म ल्याउन सातवटा एम्बुलेन्स तयारी अवस्थामा राखेका छौं । योबाहेक अस्पतालबाट डिस्चार्ज भएर जाने कुनै बिरामी बोक्दैनौं’ अध्यक्ष घलेले भने ।


चितवन जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत शोभाखर अधिकारीले अनुगमन टोलीको नेतृत्व गरेका थिए । ‘सरकारी अस्पतालअगाडि रोकेका एम्बुलेन्समध्ये तीनवटाको कागजपत्र के छ, स्वीकृति लिएको, सूचीकृत भए नभएको हेर्दै थियौं केही व्यक्तिहरू आएर हामीलाई थाहा नै नदिई अनुगमन गर्ने भनेर बाधा हाले,’ जनस्वास्थ्य अधिृकत अधिकारीले भने । अधिकारीसहित जनस्वास्थ्यबाट अर्को एक जना र रेडक्रस जिल्ला शाखा प्रतिनिधि, प्रहरी र एम्बुलेन्स सेवा सञ्चालकबाट एक जना गरेर पाँच जना अनुगमनमा गएका थिए ।


अनुगमनमा हुँदै गरेका तीनमध्ये एउटाको बिल बुक नवीकरण नभएको भेटिएको उनले बताए । ‘एउटा एम्बलेन्स अर्को जिल्लामा दर्ता भएर यहाँ सञ्चालन भइरहेको रहेछ । यहाँ रेकर्ड नै रहेनछ ।

प्रकाशित : फाल्गुन ८, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?