कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वडाध्यक्षलाई सफाइ

कान्तिपुर संवाददाता

दमौली — बलात्कार आरोपमा पुुर्पक्षका लागि थुनामा रहेका शुक्लागण्डकी नगरपालिका-८ का अध्यक्ष कृष्णप्रसाद रेग्मीले सफाइ पाएका छन् ।

कसुर पुष्टि हुने प्रमाण नभेटिएपछि जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले गत सोमबार उनलाई सफाइ दिएको स्रेस्तेदार सुदर्शन खनालले बताए ।


वडाध्यक्ष रेग्मीलाई उनकै वडाकी २७ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको थियो । मुद्दाको बकपत्रमा जाहेरीवालाले वडाध्यक्ष रेग्मीले बलात्कार नगरेको स्पष्टीकरण दिएका थिए । सामान्य कुटपिटमात्र भएको बयान दिएपछि आरोप पुष्टि नभएको हो ।


प्रकाशित : फाल्गुन ९, २०७५ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?