कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालु पाण्डेको सालिक अनावरण

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीको दहचोकमा काजी कालु पाण्डेको पूर्ण कदको सालिक अनावरण गरेका छन् । पाण्डेको समाधिस्थल दहचोकमा बिहीबार आयोजित तेस्रो इन्द्रदह पर्यटन महोत्सव उदघाटन गर्दै प्रधानमन्त्रीले सालिक अनावरण गरेका हुन् । प्रधानमन्त्रीले पाण्डेको समाधिस्थल नेपालीका लागि तीर्थस्थल भएको बताए ।

कालु पाण्डेको सालिक अनावरण

चन्द्रागिरि नगरपालिका-१, दहचोकमा प्रधानमन्त्रीले गत वर्ष पाँचतले भ्यु टावर शिलान्यास गरेका थिए । टावरको दुई तला निर्माण भइसकेको छ ।


दहचोकको मनकामना मन्दिर पुनर्निर्माण भइसकेको छ भने इन्द्रदह पुनर्निर्माणको काम भइरहेको छ ।


प्रकाशित : फाल्गुन ९, २०७५ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?