कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातछे श्रेष्ठविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

जिल्ला प्रशासन कार्यालयमा परेको लेनदेनसम्बन्धी उजुरी मिलाइदिन सेवाग्राहीसँग लिएको २५ हजार रुपैयाँ घूससहित पक्राउ परेका श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले उनलाई कैद सजाय र बिगोबराबर जरिवाना गर्न माग गरेको छ । मुद्दा दायर भएसँगै श्रेष्ठ निलम्बित भएका छन् ।

प्रकाशित : फाल्गुन १९, २०७५ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?