३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

देवदहमा आज्ञात समूहको आक्रमणबाट एक जनाको मृत्यु 

अमृता अनमोल

बुटवल — रुपन्देहीको देवदहमा अज्ञात समूहको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आक्रमणमा परी मृत्यु हुनेमा देवदह नगरपालिका वडा नम्बर ५ का अन्दाजी २० वर्षीय अमिस पुरी रहेको प्रहरीले जानकारी दिएको छ । 

देवदहमा आज्ञात समूहको आक्रमणबाट एक जनाको मृत्यु 

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लका अनुसार देवदह मेला नजिकै मोटरसाइकलमा खैरेनीबाट भलुही तर्फ जाँदै गर्दा उनलाई अज्ञात समूहले आक्रमण गरेको थियो ।

आक्रमणबाट सख्त घाइते भएका पुरीको उपचारका लागि देवदह मेडिकल कलेज भलुहीमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । आक्रमण कसले किन गर्‍यो भन्नेबारेमा खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : फाल्गुन २७, २०७५ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?